सूचनाको शक्ति - The Power Of Information

        

माधव नेपाल पक्षका १५ जना सांसद तटस्थ

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर १५ जना सांसदले प्रधानमन्त्री शेरबहादु्र देउवाको पक्ष र विपक्ष कतै पनि मत नदिने भएका छन् । आन्तरिक छलफलपछि नेपाल पक्षका १५ जना सांसदहरु पक्ष र विपक्ष कतै पनि मत नदिने निर्णयमा पुगेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले मत दिने निर्णय गरेपछि नेपाल पक्षका सांसदहरु मत नदिने निर्णयमा पुगेका हुन् । ‘प्रतिगमनको पक्षमा उभिएका महन्थ ठाकुरहरुले पक्षमा मत दिने गर्नुभयो । हामीले पक्ष र विपक्ष कतै पनि मत नदिने निर्णय गर्यौं,’ नेपाल पक्षका एक सांसदले भने ।

नेपाल पक्षका केही सांसदले भने पार्टी एकतालाई जोगाउनका लागि देउवाको पक्ष र विपक्ष कतै पनि मतदान नगर्ने निर्णय गरिएको बताएका छन् । सांसद यज्ञ सुनारले पार्टी एकता जोगाउनका लागि देउवालाई मत नदिने निर्णय भएको बताए । पक्ष तथा विपक्ष कतै पनि मत नदिने निर्णय गरेका एमालेका १५ जना सांसदहरु संघीय संसद भवन परिसरबाट केहीबेर अघि बाहिरिएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतवार २०:४०