सूचनाको शक्ति - The Power Of Information

        

बाह्य शक्तिहरूको चलखेलले खतरापूर्ण : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बाहिरी शक्तिहरुको चलखेलले सबै उपलब्धि गुमाउने खतरा पैदा भएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संविधान सभाबाट बनाएको संविधानको हत्या गर्ने काम भएको टिप्पणी गरे ।

‘यसको मूलभूत मान्यताहरुलाई कुल्चने। र, देशलाई अध्याँरो सुरुङमा धकेल्ने। दृश्य अदृश्य भित्री बाहिरी शक्तिहरुको चलखेलले यो सबै उपलब्धिलाई गुमाउने खतरा पैदा भयो’, भट्टराईले भने । उनले संविधानलाई आधा भरिएको र आधा खालि भनेको स्मरण गर्दै आफूहरूले आधा गिलासलाई बचाएर बाँकी गिलास भर्न चाहेको बताए ।

‘फेरि पनि हामीले अग्रपंक्तिमा उभिएर किन लाग्यौं भने हमी यो आधा गिलासलाई बचाएर बाँकी गिलास भर्न चाहन्थ्यौं । तर, यहाँको भष्मासुर प्रवृत्तिले आधा गिलासलाई घोप्ट्यायो । खालि गर्यो । त्यसैले हामी कमसेकम आधा गिलास त फिर्ता गरौं भनेर लाग्यौं,’ भट्टराईले थपे ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतवार २०:३१