काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । देउवाले पेस गरेको प्रस्तावमाथि अहिले छलफल चलिरहेको छ ।
दलगत प्रतिनिधित्व गर्दै प्रतिनिधि सभा सदस्यहरुले प्रस्ताव पक्ष तथा विपक्षमा आ–आफ्नो दलका धारणाहरु राखिरहेका छन् । प्रतिनिधि सभा सदस्यहरुले धारणा राखिसकेपछि प्रधानमन्त्री देउवाले त्यहाँ उठेका प्रश्नहरुको जवाफ दिनेछन् । त्यसपछि, विश्वासको मत प्राप्त गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ, र मत विभाजन हुनेछ ।
संघीय संसद सचिवालयले मत विभाजन प्रक्रियाका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रयोजनार्थ संसद सचिवालयले मत विभाजनका लागि गरेको तयारी पुरा गरिएको छ । मत विभाजन प्रक्रियाका लागि संसद सचिवालयमा यस्तो छ तयारी :
।