सूचनाको शक्ति - The Power Of Information

        

ओलीलाई आगोसँग नखेल्न प्रचण्डको चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी आगो भएको कारण आगोसँग नखेल्न चेतावनी दिएका छन् । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा सांसदलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी आगो भएको भन्दै आगोसँग खेले आफै जलेर खरानी हुने चेतावनी दिए ।

केही व्यक्ति र राजनीतिक दलले माओवादी कमजोर भइसक्यो, यसलाई जे गरे पनि हुन्छ, जति पेले पनि हुन्छ भन्ने सोच राखेको र त्यही सोचका कारण उनीहरू खरानी बनेको बताएका हुन् । उनले भने, ‘मैले पहिलेदेखि नै भनेको थिएँ कि माओवादी भनेको आगो हो, यससँग नखेल्नुस् । तर उनीहरूले आगोसँग खेल्ने प्रयत्न गरे, जसका कारण उनीहरू आफै जले ।’

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतवार २०:०२