सूचनाको शक्ति - The Power Of Information

        

सदनले केपीजीको कुरा सुन्न चाहेको थियो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आज सदनले एमाले अध्यक्ष केपी शर्मा ओलीका कुरा सुन्न चाहेको बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले पूर्वप्रधानमन्त्रीको हैसियतले र प्रतिपक्षी दलको नेताको हैसियतले पनि ओलीले आज बोल्नुपर्ने बताए ।

‘मैले प्रमुख सचेतकलाई सोधें, केपीजी आउनुहुन्छ नि ? तीन पटक सोधें । उहाँले आउनुहुन्छ भन्नुभयो । उहाँले नै बोल्नुहुन्छ भन्नुभयो, प्रचण्डले भने, ‘मैले सामान्यरुपमा के सोचेको थिएँ भने पुनःस्थापित संसद्को पहिलो बैठकमा पूर्वप्रधानमन्त्रीको हैसियतले र प्रतिपक्षी दलको नेताको हैसियतले पनि यो सदनले पनि केपीजीको मुखबाट नै आफ्ना कुरा सुन्न चाहेको थियो । र, देशले पनि ।’

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतवार १९:४४