सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

अध्यक्ष प्रचण्डले भने, ‘एकता प्रस्ताव लगेर गम्भीर गल्ती भयो’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकता प्रस्ताव लगेर आफूले गम्भीर गल्ती गरेको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा आइतवार संसदमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

‘विगतका थुप्रै विघटनका तीता मीठा यसअघिका वक्ता (प्रदीप ज्ञवाली)ले अनुभव सुनाउनु भयो । तर यस्तो अनुभव त हामीसँग थिएन,’ उनले भने, ‘दुई तिहाइको प्रधानमन्त्रीले पटक पटक संसद विघटन गरेर देशलाई दुर्घटनामा लैजाने काम त पहिलो पटक भएको हो ।’

उनले दुईतिहाइको सरकार ढलेर यस्तो अवस्था आउने थाहा भएको भए आफूले केपी ओलीसँग पार्टी एकता प्रस्ताव नै नलाने पनि उल्लेख गरे । ‘यस्तो दुर्दशा हुने थाहा भएको भए म किन पार्टी एकताको प्रस्ताव लान्थेँ होला,’ दाहालले भने, ‘भिन्न मतलाई स्वीकार्न सक्ने आँट कोसँग छ भन्ने पनि अहिले देखाएको छ । ओलीजीको गतिविधिले नैतिकता र संस्कारको प्रश्न पनि जन्माएको छ ।’

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतवार १९:३४