सूचनाको शक्ति - The Power Of Information

        

पहिलो बैठकमा अनुपस्थित ओली संसद् पुगे

काठमाडौं । तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको दोस्रो बैठकमा सहभागी हुनका लागि संसद् भवन पुगेका छन् । दोस्रो बैठक सुरु हुनुपहिले उनी संसद् भवन प्रवेश गरेका हुन् ।

आइतबार नै बसेको पहिलो बैठकमा ओली संसद् बैठकमा अनुपस्थित थिए । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै छन् । देउवालाई माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा, एमाले लगायतले मत दिने भएका छन् ।

देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेको हो । ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा दोस्रो पटक विघटन गरेकी थिइन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतवार १८:१५