प्रतिनिधि सभामा विश्वासको मत लिँदै प्रधानमन्त्री देउवा (प्रत्यक्ष प्रशारण)
।
काठमाडौं । १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ । केही बेरअघि स्थगीत भएको प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा पुनः सुरु भएको छ ।
आइतबार अपराह्न ४ बजेदेखि संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको बैठकमा निर्धारित अध्यादेश पेस भइ शोक प्रस्ताव पेस भएपछि केही बेरअघि सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका थिए । अब बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने कार्यतालिका रहेको छ । सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक पुनःस्थापना भएपछि प्रतिनिधिसभाको आठौं अधिवेशन सुरु भएको हो ।
।