सूचनाको शक्ति - The Power Of Information

        

अर्थमन्त्री शर्माद्वारा बजेटसँग सम्बन्धित तीन वटा अध्यादेश सदनमा पेस

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/०७९ को बजेटसँग सम्बन्धित तीन वटा अध्यादेश प्रतिनिधि सभा बैठकमा पेस भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक अध्यादेश २०७८, वनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ पेस गरेका छन् ।

बजेट भाषण गरिनुभन्दा करिब एक साता अगाडि प्रतिनिधि सभा विघटन गरेको केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसँग सम्बन्धित तीन वटा अध्यादेश जारी गरेपछि तत्कालीन अर्थमन्त्रीले विष्णु पौडेलले सिंहदरबारबाटै बजेट भाषण गरेका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतवार १७:३५