सूचनाको शक्ति - The Power Of Information

        

कानुन मन्त्रीद्वारा सपथ र रेलवेसम्बन्धी अध्यादेश प्रस्तुत

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सपथ सम्बन्धी अध्यादेश २०७८ प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभामा मन्त्री कार्कीले सरकारका तर्फबाट उक्त अध्यादेश प्रस्तुत गरेका हुन् । यस्तै मन्त्री कार्कीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको हैसियतमा रेलवे ऐन सम्बन्धी अध्यादेश समेत प्रस्तुत गरेका छन् ।

त्यसक्रममा उनले रेलवे सम्बन्धी कानुन अभावले सञ्चालनको तयारीमा रहेको रेल सेवा सञ्चालन गर्न समस्या भएकोले अध्यादेश ल्याउनुपरेको बताएका छन् । त्यस्तै मन्त्री कार्कीले अर्को अध्यादेश स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी अध्यादेश प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतवार १७:१७