सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

अध्यक्ष पदमा टक्कर दिने धवलको घोषणापछि कमल थापा तनाबमा

बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रभावशाली नेता डा.धवलशम्शेर राणाले जनभावनालाई जनमतमा परिणत गर्न सक्ने, सबै राष्ट्रवादी शक्तिलाई एकतावद्ध गर्न सक्ने कुशल र सबल जनप्रिय नेतृत्व आवश्यक रहेको बताएका छन् ।

राप्रपामा उठेका प्रजातान्त्रिक रुपान्तरणको विषय पार्टी र नेतृत्व कमजोर नहुने भन्दै सामाजिक सञ्जालमार्फत शनिबार नेता डा.राणाले पार्टीपंक्तिमा अन्यथा भ्रम सिर्जना नगर्न आह्वान गरेका छन् । ‘के प्रजातान्त्रिक पार्टीमा नेतृत्व परिवर्तनको विषय उठाउनु गलत हो र ?’ डा.राणाले भनेका छन् ।

‘भ्रममा नपारियोस्, राप्रपामा उठेका रुपान्तरणको विषय पार्टी र नेतृत्वलाई कमजोर बनाउने विषय पटक्कै हैनन्,’ डा.राणाले भने, ‘राप्रपामा जनभावनालाई जनमतमा परिणत गर्न सक्ने जनप्रिय नेतृत्वको आवश्यक छ । सबै राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्न सक्ने कुशल र सबल नेतृत्वको आवश्यक छ ।’

नेपालगन्ज उपमहानगरपालिकाका मेयरसमेत रहेका राणाले यसअघि नै राप्रपाको अध्यक्ष पदमा दावी गरीसकेका छन् । महाधिवेशनउन्मुख राप्रपामा युवा पुस्तामा नेतृत्व हस्तान्तरणको बहसले व्यापकता पाएको छ । राप्रपाका अध्यक्ष कमल थापाले प्रभावशाली नेता राणालाई आफ्नो कडा प्रतिस्पर्धी मान्छन् ।

राणासँग डराएर थापाले पार्टीमा राम्रो पदमा नियुक्तिहरू दिएका छैनन् । राणा राप्रपामा लोकप्रिय छन् । डा.राणाले नै थापालाई आगामी महाधिवेशनमा अध्यक्ष पदमा टक्कर दिने हैसियत राख्छन् । राणाले अध्यक्ष पद कब्जा गर्ने हो कि भनेर थापालाई ठूलो तनाब छ ।

राष्ट्रिय सभाको बागमती प्रदेशको निर्वाचनमा अध्यक्ष थापाले खड्गप्रसाद ओली नेतृत्वको एमालेका उम्मेदवार एवम् हिन्दूधर्म विरोधी नेता रामबहादुर थापालाई मतदान गरेका थिए । थापाकै कारण राप्रपा बद्नाम हुँदै आएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतवार ११:३१