सूचनाको शक्ति - The Power Of Information

        

भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट आजदेखि सुरु

काठमाडौं । भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट श्रृङ्खला आज सुरु हुँदैछ।

तीन एकदिवसीय र तीन टी–ट्वान्टी क्रिकेट श्रृङ्खला खेल्न भारतीय टोली श्रीलंकाको राजधानी कोलम्बो पुगेको छ।

श्रीलंकाको कप्तानी अलराउण्डर दासुन सानकाले गर्नेछन् भने भारतको नेतृत्व ओपनर ब्याट्स्म्यान शिखर धवनले सम्हाल्नेछन्।

पछिल्लो ५ खेलमा भारत बलियो स्थितिमा छ। जसमा ४ खेल भारतले जित्दा १ खेल श्रीलंकाले आफ्नो पक्षमा पारेको छ।

एक दिवसीय श्रृंखलाको पहिलो खेल नेपाली समयअनुसार आज दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

३ एकदिवसीय खेलपछि २५ जुलाईमा ३ वटा टी ट्वान्टी श्रृखंला सुरु हुनेछ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतवार ०९:२४