सूचनाको शक्ति - The Power Of Information

        

नेपाल प्रहरीका डिएसपी रमेश देवको निधन

काठमाडौं । नेपाल प्रहरीका नायव उपरिक्षक (डिएसपी) रमेश कुमार देवको मृत्यु भएको छ । उनी प्रदेश–१ प्रहरी कार्यालय बिराटनगरमा कार्यरत थिए ।

डिएसपी देवको आइतबार विहान मृत्यु भएको प्रदेश–१ प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईले बताए । २०६४ मा निरिक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका देव सप्तरीका स्थानिय हुन् । पेटको क्यान्सरबाट पिडित देवको विराटनगरस्थित विराट मेडिकल कलेजमा मृत्यु भएको हो ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतवार ०९:२२