सूचनाको शक्ति - The Power Of Information

        

सिरियाको राष्ट्रपतिमा असद पुन नियुक्त

एजेन्सी । सिरियाको राष्ट्रपतिमा निर्वाचित बसर अल असदले चौथौ कार्यकालका लागि सपथ लिएका छन् ।

राष्ट्रपति पदका लागि भएको चुनावलाई अवैध भन्दै विपक्षीहरुले बहिष्कार गरेपछि असद भारी मतले विजयी भएका थिए ।

असदले हिजो राष्ट्रपति भवनमा शपथ लिएका हुन । सपथ ग्रहण समारोहमा सिरियाका प्रभावशालि धार्मिक नेता एवं सिरियाली सेनाका अधिकारीहरु सहभागी थिए ।

सन् २००० देखि राष्ट्रपति पदमा रहेका असदको कार्यकालमा भएको द्धन्द्ध र हिंसामा लाखौं सर्वसाधारणका ज्यान गइसकेको छ । सिरियमा लामो समयदेखि गृहयुद्ध चलिरहेको छ ।

रुसको समर्थनमा असदले शाशन गर्दै आउनुभएको छ । अमेरिका एवं पश्चिमाहरुको समर्थनमा विद्रोहीले लगातार सरकारी सेनामाथि आक्रमण गरिरहेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतवार ०८:२९