सूचनाको शक्ति - The Power Of Information

        

समाचार

तत्कालिन सरकारले बढाएको भाडादर, कहाँको कति पुग्यो ? (सूचीसहित)

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारले २८ प्रतिशत भाडा बढाएसँगै दूरी अनुसारको भाडादर सार्वजनिक गरेको छ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातमा नयाँ भाडादर सार्वजनिक गरेको हो ।

उक्त भाडादर दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीमा लागू हुनेछ । सरकारले यात्रुवाहक सवारी साधनमा २८ प्रतिशत भाडा बढाएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको हकमा २६ प्रतिशतले भाडा वृद्धि गरेको हो ।

विभागले यसअघि सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धानको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण गरेको थियो । अहिले त्यसलाई परिवर्तन गरी यातायात श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायतका मुख्य सूचकहरुमा देखिएको मूल्यवृद्धिको आधारमा भाडा वृद्धि गरिएको विभागले जनाएको छ ।

यस्तो छ भाडादर 

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार १९:५२