सूचनाको शक्ति - The Power Of Information

        

बर्दिया ६१ औं पूर्ण खोपयुक्त जिल्ला घोषणा

काठमाडौं । बर्दियालाई पूर्णखोपयुक्त जिल्ला घोषणा गरिएको छ। आज बर्दियामा औपचारिक कार्यक्रमगरी बर्दियालाई ६१औं पूर्ण खोप जिल्ला घोषणा गरिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ देखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र पूर्णखोप पाएको सुनिश्चित गरी पूर्ण खोप जिल्ला घोषणा गरेको हो।

आगामी साता रुकुम पूर्व जिल्लालाई पूर्ण खोप गरिएसँगै लुम्बिनी प्रदेश पूर्ण खोप पूर्णखोप युक्त प्रदेश हुने बताइएको छ।

बलस्वास्थ्य तथा खोप शाखा प्रखुम डा झलक शर्मा गौतमले कोभिड महामारीका समयमा समेत नियमित खोप कार्यक्रम प्राथमिकताका साथ संचालन भइरहेको बताए।

उनले भने,‘कोरोनाको समयमा पनि  जिल्लाका साथीहरुले नियमित खाप लगायतका अन्य स्वास्थ्य कार्यक्रम संचालन गरिरहनुभएको छ।

अब लुम्बिनी प्रदेशमा रुकुम पूर्व मात्र पूर्णखोप हुन बाँकि छ। अर्को साता त्यहाँ पूर्ण खोप घोषणा गर्ने कार्यक्रम छ।’

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार ०९:०३