सूचनाको शक्ति - The Power Of Information

        

आज बालुवाटार सर्दै प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने भएका छन् । आज बिहान ९ बजेर ५७ मिनेटको शुभ साइतमा देउवा बालुवाटार सर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवा निजी निवास बूढानीलकण्ठबाट आज बालुवाटार सर्ने भएका हुन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार बालुवाटार छाडेका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार ०८:१३