सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री देउवा आज बालुवाटार सर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने हुनु भएको छ । देउवा आज बिहान ९ बजेर ५७ मिनेटको शुभ साईतमा बालुवाटार सर्न लाग्नु भएको हो ।

गत मंगलबार प्रधानमन्त्री नियुक्त हुनु भएका देउवा निजी निवास बूढानिलकण्ठमा बस्दै आउनु भएको थियो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार बालुवाटार छाड्नु भएको थियो ।

ओली निजी निवास बालकोटमा बसोबास गर्न थाल्नु भएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार ०८:०९