सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेश सभामा सत्तापक्ष सदन छाडेर बाहिरिएपछि…

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित भएको छ । बजेटका सम्बन्धमा मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिएलगत्तै मतदानको प्रक्रिया शुरु हुनु अघि मुख्यमन्त्री पोखरेलसहित सत्तापक्षका मन्त्री र सदस्यहरु सदनबाट बाहिरिएपछि सभामुख पुर्णबहादुर घर्तीले ३० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

सरकारले संसदमा प्रस्तुत गरेको बजेट सम्बन्धमा छलफल सकिएर आज बिभागिय मन्त्रीहरुसहित मुख्यमन्त्री पोखरेलले जवाफ दिएपछि मतदानको प्रक्रिया शुरु भएको थियो । मुख्यमन्त्रीको जवाफ सकिएलगत्तै सभामुखसँग समय मागेर एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले छलफलका लागि समय माग गरेका थिए ।

तर विपक्षीहरुको तर्फबाट छलफलमा बस्न अस्वीकार गर्दै प्रक्रियामा लैजान माग गरेसँगै सत्तापक्षका सबै सदस्यहरु बैठक छाडेर बाहिरिएका थिए । आजको बैठकमा सत्ता पक्ष र विपक्षीहरुको आसनमा ४१–४१ जना सदस्यहरु उपस्थित थिए । लुम्बिनी प्रदेशसभाका विपक्षीहरुले बजेट प्रस्तुत र छलफलमा सहभागी भए पनि आफुहरुसँग बहुमत भएको भन्दै प्रदेशसभामा बजेट फेल बनाउने रणनीति तय गरेको बुझिएको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार १७:३०