सूचनाको शक्ति - The Power Of Information

        

सरकारद्वारा दुई आयोगको म्याद थप

काठमाडौं । सरकारले द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित दुई आयोगको म्याद थप गरेको छ । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद १ वर्ष थप गर्ने निर्णय गरेको हो ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले दुबै आयोगका पदाधिकारीको म्याद पनि एक वर्ष थप गरिएको बैठकपछि गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । दुबै आयोगको म्याद आज सकिँदै थियो । पछिल्लो पटक १७ महिनाअघि आयोग गठन भएको थियो ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार १७:१८