काठमाडौं । संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ । सांसद, संसदका कर्मचारी तथा सचिवालयका कर्मचारी, संसदीय मामिलाका पत्रकारलगायतको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्न लागिएको हो ।
संसद् सचिवालयको शाखा अधिकृत लक्ष्मीप्रसाद ओझाले एक सूचना जारी गर्दै शुक्रबार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म कोरोना परिक्षण गर्न लागिएको बताएका छन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल नयाँ बानेश्वरमा कोरोना परिक्षण गर्नेसमेत बताइएको छ ।
सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर साउन तीन गते ५ बजेभित्र बैठक राख्न आदेश दिएपछि सांसदहरूको कोरोना परीक्षण गर्न लागिएको हो । सरकारले मन्त्रिपरिषद्को बैठक राखेर राष्ट्रपतिलाई बैठक राख्ने सिफारिस गर्ने तयारी गरिरहेको छ ।
।