सूचनाको शक्ति - The Power Of Information

        

माधव नेपाल र विप्लवबीच कोटेश्वरमा भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । बिहीबार नेता नेपाललाई भेट्न विप्लव कोटेश्वरस्थित निवास पुगेका हुन् ।

विप्लवसँगै नेता धर्मेन्द्र बाँस्तोला पनि नेपाल निवास पुगेका थिए । सो क्रममा नेता नेपालसँग विप्लवले पछिल्लो राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयबस्तुमा केन्दीत रहेर छलफल गरेको नेपाल निकट स्रोतले जनाएको छ । यसअघि बुधबार विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग तीन बुँदे सहमति गरेपछि शान्ति प्रक्रियामा आएपनि विप्लवको माग पूरा भएको छैन । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको विप्लवको सचिवालयले जानकारी दिएको छ । नेता कार्यकर्ताको रिहाइ लगायतका माग पूरा नभएको सन्दर्भमा उनले प्रचण्डसँग सोही विषयमा छलफल गरेको बुझिएको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार ११:१३