सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते (शुक्रबार) प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ । कर्णाली प्रदेशका १० जिल्लामा साउन १ गते सार्वजनिक बिदा हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले भोलि साउन १ गते साउने संक्रान्ति र देउडा पर्वको अवसर पारेर प्रदेशभर सार्वजनिक बिदा हुने बताए । कर्णाली प्रदेश सरकारको गत वैशाख १७ गते (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशभर बिदा दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार ०९:२५