सूचनाको शक्ति - The Power Of Information

        

नेपालसहित १४ देशमा यात्रा गर्न यूएईले लगायो प्रतिबन्ध

काठमाडौ । संयुक्त अरब इमिरेट्स (यूएई)ले आफ्ना नागरिकलाई नेपाल यात्रा गर्न प्रतिबन्ध लगाएको छ । यूएईको विदेश मन्त्रालय र राष्ट्रिय आपतकालीन, संकट र विपद् व्यवस्थापन प्राधिकरणले कोरोना संक्रमणको जोखिमका दृष्टिले आफ्ना नागरिकलाई नेपालसहित १४ देशमा साउन ६ गतेसम्मका लागि यात्रामा जान प्रतिबन्ध लगाएको हो ।

यूएईले आफ्ना नागरिकलाई नेपाल र भारतसहित बंगलादेश, पाकिस्तान, श्रीलंका, भियतनाम, नामिबिया, जाम्बिया, कंगो, युगान्डा, सेरा लियोन, लाइबेरिया, दक्षिण अफ्रिका र नाइजेरियाको यात्रामा प्रतिबन्ध लगाएको हो । यस्तै यूएईको विदेश मन्त्रालयले अन्य देशको भ्रमणमा पनि कोभिड–१९ सम्बन्धी सबै प्रकारका सतर्कता अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार ०९:०६