सूचनाको शक्ति - The Power Of Information

        

एक/एक रुपैयाँका दरले पेट्रोलियम पदार्थको भाउ घट्यो

काठमाण्डौ । नेपाल आयल निगमले एक / एक रुपैयाँका दरले पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।

गएरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ एक रुपैयाँका दरले घटाएको हो ।

पाँच विद्यार्थी सङ्गठनको माग अनुसार एक / एक रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर एक सय २८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य एक सय ११ रुपैयाँमा पर्नेछ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर बढिरहेको अवस्थामा नेपालमा पनि भाउ बढ्ने कुरालाई ख्याल गरिदिन निगमले आग्रह गरेको छ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार ०७:५२