सूचनाको शक्ति - The Power Of Information

        

बैतडीमा एक जना मृत फेला

बैतडी । बैतडीमा एक जना मृत फेला परेका छन्।

बुधबार सिगास गाउँपालिका–५ का ३६ वर्षीय नैनसिंह रोकाया मृत फेला परेको प्रहरीले जनाएको छ।

सोमबार घरबाट गाउँपालिकाको कार्यालय जाने भनेर हिँडेका उनी सोही गाउँपालिकाको महादेव डाँडाबाट ३ सय मिटर तल रुखमुनि पल्टेको अवस्थामा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक दर्शन खड्काले स्थानीयले शव फेला परेको खबर गरेपछि अहिले  प्रहरी टोली घटनास्थलमा गइरहेको बताए।

उनका अनुसार घटनास्थल कार्य सकिएपछि थप विवरण आउने छ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार १८:५६