सूचनाको शक्ति - The Power Of Information

        

सरकारमा नजाने जनमोर्चाको निर्णय

काठमाडौं काँग्रेस–माओवादी गठबन्धनमा सहभागी दल राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने निर्णय गरेको छ ।

बुधबार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् ।

‘हाम्रो पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ,’ पौडेलले भनिन्, तर बाहिरैबाट देउवा सरकारलाई हाम्रो समर्थन रहनेछ ।’ प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाको एक सिट छ ।

एकमात्र सांसद दुर्गा पौडेलले काँग्रेस माओवादी जसपा गठबन्धनमा साथ दिँदै आएकी थिइन् । उनलाई सरकारमा सहभागी हुने गठबन्धनका नेताहरुले आग्रह गरेका थिए ।

तर, पार्टीले सरकारमा नगई बाहिरैबाट समर्थन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार १८:५३