सूचनाको शक्ति - The Power Of Information

        

प्रचण्ड र विप्लवबीच खुमलटारमा वार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष र केही महिना अघि शान्ति प्रक्रियामा आएको नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लववीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न विप्लव धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्डनिवास खुमलटार जानुभएको छ ।

ओली सरकारका पालामा वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहले आफ्ना बन्दीहरुको रिहाइको माग गर्दै आइरहेको छ ।

प्रचण्ड नेतृत्वमा माओवादीबाट विद्रोह गरेर भूमिगत राजनीतिमा लागेका विप्लवले पूर्व माओवादी लामो समयपछि प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

सरकारले आफूसँग भएको ३ बुँदे मागहरु सम्बोधन नगरेको भन्दै रुष्ट भएको विप्लव समूहले नयाँ सरकारसमक्ष पनि यसप्रकारका मागहरु राख्ने बताइएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार १८:४०