सूचनाको शक्ति - The Power Of Information

        

बिहीबार कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको छ ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो २ बजेका लागि बैठक बोलाउनुभएको हो ।

सरकारका प्राथमिकता, मन्त्रिमण्डल विस्तार र पार्टीको १४ औै महाधिवेशनका लागि छलफल गर्न पदाधिकारी बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

क्रियाशील सदस्यताको विवाद कायमै रहेको कांग्रेसमा छानबिन समितिले अझै काम सकेको छैन ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार १८:३४