सूचनाको शक्ति - The Power Of Information

        

गण्डकीमा एमाले सांसदले टेबुल फाले, मार्शल लगाएर बजेट पारित

काठमाडौं । गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको बजेट बुधबार पारित भएको छ । एमालेको विरोधका बाबजुद बजेट पारित गरिएको हो । प्रदेशसभामा एमालेले विभिन्न १० बुँदे माग पूरा नभएसम्म बजेट पारित गर्न नदिने भन्दै अवरोध गर्दै आएकोमा बुधबार भने मार्शल लगाएर बजेट पारित गरिएको हो ।

बजेट पारितको प्रक्रिया शुरु भएपछि एमालेका सांसदहरुले होहल्ला गर्नुका साथै टेबुलसमेत उचालेर फालेका थिए । एमाले सांसद रामशरण बस्नेतले सभाको टेबुल उचालेर फालेका थिए । उनी प्रदेशका पूर्वमन्त्रीसमेत हुन् । बजेट पारित भएपछि सभामुख नेत्रनाथ अधिकारीले अर्को सूचना नभएसम्मका लागि प्रदेश सभाको बैठक स्थगित गरेका छन् ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार १७:५८