सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा थपिए २९०५ जनामा कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर ८ हजार १०८ जनाको आरटी–पीसीआर गर्दा २०१० जना र ४ हजार ९१६ जनाको एन्टिजेन परीक्षण गर्दा ९५ जना गरी आज २ हजार ९०५ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ६० हजार ७८८ जना पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ४३० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६०६ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणमुक्त हुनेको संख्या ६ लाख २४ हजार ७११ जना पुगेको छ । यो कुल संक्रमितको ९४.५ प्रतिशत हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६४७ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३४ लाख ३८ हजार ३३० जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले २६ हजार ६४७ जना आइसोलेसन र २९३ जना क्वारेन्टिनमा छन् ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार १७:५०