सूचनाको शक्ति - The Power Of Information

        

१० फिट लामो पाटेबाघको छालासहित दुई पक्राउ

कैलाली । कैलालीको गौरीगंगा नगरपालिकाबाट पाटेबाघको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सो नगरपालिकाको वडा नं. ७ मटकौनास्थित सडकबाट १० फिट लम्बाई र ६ फिट ७ ईन्च चौडाई भएको पाटेबाघको एक थान छालासहित मंगलबार साँझ प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोहन्याल गाउँपालिका–५ सालघारीका ५२ वर्षीय पुर्णबहादुर बुढामगर र लम्कीचुहा नगरपालिका–१ लम्की बसपार्कका ३० वर्षीय लोकबहादुर सिजापती मगर छन् । गौरीगंगा नगरपालिका–७ मटकौनामा पाटेबाघको छालाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मसुरीया कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले प्लास्टिकको कट्टामा बोकी हिँडिरहेको अवस्थामा छालासहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार १७:४४