काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन तालिका रद्द गरेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार निर्वाचन कार्यतालिका रद्द गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि तत्कालीन केपी ओली सरकारले प्रतिनिधिसभा भंग गर्दै सो मितिमा चुनावको मिति घोषणा गरेपनि आयोगले कार्यतालिका सार्वजनिक गरेको थियो ।
‘सम्मानित सर्वोच्च अदालतबाट मिति असार २८ मा भएको आदेश बमोजिम कात्तिक २६ गते शुक्रबारका दिन पहिलो चरणमा र मंसिर ३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट असार २१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय भएको छ,’ निर्वाचन आयोगद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
।