सूचनाको शक्ति - The Power Of Information

        

पेट्रोल पम्प बन्द गराउँदै पाँच विद्यार्थी संगठन

काठमाडौं । पाँच विद्यार्थी संगठनले पूर्वघोषणाअनुरूप धमाधम पेट्रोल पम्प तथा ढुवानीका ट्यांकर बन्द गर्न थालेका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरूले आजदेखि देशभरका पेट्रोल पम्प र ढुवानीका साधन बन्द गर्ने हिजै (मंगलबार) घोषणा गरेका थिए ।

सोहीअनुसार उनीहरूले बिहानैदेखि पेट्रोल पम्प बन्द गर्न थालेका छन् । नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमिल्सिनाका सात बुँदे मागसहित चरणबद्ध आन्दोलनका कार्यक्रम अनुसार आज देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्यांकर बन्द गरिएको हो । यसअघि असार २४ गते विद्यार्थी संगठनले मूल वृद्धि फिर्ता लिन चेतावनीसहित नेपाल आयल निगमको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार ११:२१