सूचनाको शक्ति - The Power Of Information

        

बालुवाटारबाट आज बालकोट सर्दै ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सर्ने भएका छन् । ३९ महिना लामो प्रधानमन्त्रीको कार्यकाल पूरा गरेर ओली आज बालकोट सर्न लागेका हुन् ।

२०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली फागुन ६ गते बालुवाटार सरेका थिए । सर्वोच्च अदालतको परमादेश अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हिजो प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले आज सरकारी निवास छाड्न लागेका हुन् ।

ओलीलाई युवा संघ नेपालले करिब २ हजार गाडी र ३ हजार मोटरसाइकलसहित बालकोट निवासका लागि स्कर्टिङ गर्ने तयारी गरेको छ । ओलीको स्कर्टिङका लागि युवा संघ नेपाल र खेलकुद महासंघले आफ्ना कार्यकर्तालाई साढे १० बजे बालुवाटारमा भेला हुन आह्वान गरेका छन् ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार ०८:४८