काठमाडौं । विपक्षी गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी हुन अस्वीकार गरेको छ।
जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल एक जना मात्रै प्रतिनिधिसभामा सांसद रहेको हुँदा उनैलाई नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी हुन आग्रह गरे अस्वीकार गरेकी हुन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि उनलाई सरकारमा जान आग्रह गरेका छन्।
पौडेलले पार्टीले सरकारमा सहभागी हुने संस्थागत निर्णय नगरेकाले आफूले प्रस्ताव अस्वीकार गरेको जानकारी दिइन्।
माओवादी केन्द्रबाट पम्फा भुसाल र जनार्दन शर्माले मंगलबार नै शपथ लिने टुंगो लागे पनि कांग्रेसबाट अहिलेसम्म छिनोफानो भएको छैन।
स्रोतका अनुसार कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँड, मिनेन्द्र रिजाल र सञ्जय गौतमको चर्चा छ।
।