सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री देउवाको प्रमुख सुरक्षा अधिकृतमा डिएसपी शाह

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख ब्यक्तिगत सुरक्षा अधिकृतमा डिएसपी कोमल बिक्रम शाहलाई खटाइएको छ ।

प्रहरी प्रधान कार्यालयले शाहलाई प्रधानमन्त्रीको  पर्सनल सेक्युरिटी अफिसर (पिएसओ)को रुपमा काज सरुवा गरेको हो । शाह नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत थिए ।

डिएसपी शाह यसअघि देउवा २०७४ मा चौथो पटक प्रधानमन्त्री हुँदा पनि प्रमुख सुरक्षा अधिकृतको रुपमा खटिएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ मा गरेको फैसला बमोजिम मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवालाई  प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार १७:२१