सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या घट्यो, संक्रमितको संख्या कति ?

थप २ हजार ३९८ जनामा पुष्टि

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार १२ जनाको नमुना परीक्षण गर्दा २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार जसमध्ये ७ हजार ५८ को पिसिआर परीक्षण गर्दा १ हजार ६३९ जनामा पोजेटिभ देखिएको हो भने ३ हजार ९५४ जनाको एन्टिजेन परीक्षणका क्रममा ७५९ जनामा पोजेटिभ देखिएको हो ।

आज २ हजार ७८ जना कोरोना संक्रमित निको भएका छन् । आज देशभर थप १२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार १७:१४