सूचनाको शक्ति - The Power Of Information

        

जोखिममा रहेका बालबालिका तथा परिवारलाई ४४ लाख ७० हजार बराबरको खाद्यान्न सामाग्री वितरण

बझाङ । बझाङ जिल्लामा सञ्चालित वर्ल्ड भिजन र प्रगतिशील युवा समाजको साझेदारीमा जोखिममा रहेका बालबालिका तथा उनका परिवारहरूलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

जिल्लाको जयपृथ्वी नगरपालिकाका ५ वटा वडा, केदारस्युँ गाउँपालिकाका ४ वडाका कोभिड १९ बाट प्रभावित घरधुरीहरूलाई खाद्यान्न वितरण गरिएको हो ।

वर्ल्ड भिजन र प्रगतिशील युवा समाजको साझेदारीमा केदारस्युँ गाउँपालिकाको वडा नम्बर ३,६, ७ र ८ मा ९ सय १३ परिवारलाई प्रतिव्यक्ति ३ हजार २ सय ८४ रुपैयाँ र जयपृथ्वी नगरपालिका वडा नम्बर १,३,६,८ र ११ मा गरी ४ सय ४२ घरधुरीलाई प्रतिव्यक्ति ३ हजार ३ सय २९ रुपैयाँ ४६ पैसा बराबरको खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

संस्थाले स्थानियतहसंग मिलेर जयपृथ्वी नगरपालिकामा १४ लाख ७१ हजार ६ सय २१ रुपैयाँ ३२ पैसा र केदारस्युँ गाउँपालिकामा २९ लाख ९८ हजार २ सय ९२ रुपैयाँ गरि ४४ लाख ६९ हजार ९ सय १३ रुपैयाँ ३२ पैसा बराबरको राहात सामाग्री वितरण गरेको छ ।

प्रगतिशील युवा समाज र वल्र्ड भिजनले स्थानियतहसँग सहकार्य गरेर खाद्यान्नका कार्यक्रम मात्र नभई ठुलो मात्रामा स्वास्थ्य सामाग्रीहरू लगायत विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द रहेको अवस्थामा हरेक शनिबार पढाई शिविर, कार्यक्रम लागु भएका स्थानियतहका वडाहरुमा खानेपानीका ट्याङ्कि निर्माण, विध्यालयमा घेरबार र खानेपानी र्निमाण बसाई व्यवस्थापन जस्ता कामहरु समेत कार्यक्रम लागु भएका स्थानियतहहरुमा गर्दै आएको प्रगतिशिल युवा समाजका कार्यक्रम अधिकृत यज्ञराज जोशीले बताउनुभयो ।

साथै अवको केहि दिनमा केदारस्युँ गाउँपालिकामा सोहि प्याकेज अनुसार २ सय ४० घरपरिवारलाई खाध्यान्न वितरण गर्ने कार्यक्रम रहेको जोशीले बताउनुभयो ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार ०८:५७