सूचनाको शक्ति - The Power Of Information

        

सर्वोच्चको फैसलाबारे औपचारिक धारणा बनाउन एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं ।  नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकले सर्वोच्च अदालतको फैसला पछि अब कसरी अगाडि बढ्ने भन्नेबारे औपचारिक धारणा बनाउने छ ।

हिजो सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटन बदर गर्नुका साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।

हिजो बसेको एमाले स्थायी कमिटी बैठकले अदालतको फैसलाले लोकतान्त्रिक प्रणाली र संसदीय प्रणालीका आधारभूत संरचनालाई खलबल्याउने काम गरेको निष्कर्ष निकालेको थियो ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले अदालतको फैसला अप्रिय र त्रुटिपूर्ण भए पनि फैसला कार्यान्वयन भने गर्ने बताउनु भएको छ ।

सर्वोच्च अदालतको फैसला पछि राष्ट्रपति कार्यालयले आज कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र शपथ गराउने तयारी गरेको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार ०८:२३