सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमणबाट विश्वमा साढे ४० लाखभन्दा बढीको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वमा हालसम्म ४० लाख ५५ हजार ३२१ जनाले ज्यान गुमाइसकेका छन्।

सन् २०१९ डिसेम्बर अन्तिम सातादेखि हालसम्म उनीहरुको मृत्यु भएको हो।

वल्डोमिटर्सको तथ्याङ्क अनुसार कोरोनाका कारण सबैभन्दा बढीको मृत्यु अमेरिका, ब्राजिल, भारत,रुस र बेलायतमा भएको छ।

अमेरिकामा ६ लाख २३ हजार १२, ब्राजिलमा ५ लाख ३४ हजार ३११ र भारतमा ४ लाख ९ हजार ३३८ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार ०८:१८