सूचनाको शक्ति - The Power Of Information

        

आंशिक प्राध्यापकले परीक्षा बहिस्कार गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले माग पूरा गर्न एक महिनाको समय माग गरेपछि विश्वविद्याललाई समय दिन राजी भएका आंशिक प्राध्यापकहरुले परीक्षामा भने सामेल नहुने बताएका छन् ।

आफ्ना माग पुरा नहुन्जेल पठनपाठनमा नफर्कने अडानमा रहेका प्राध्यापकहरु कोरोनाको खोप नपाएसम्म परीक्षामा समेत सामेल नहुने भएका हुन् ।

विश्वविद्यालयको साउन ४ गतेबाट स्नातक तह दोस्रो वर्षको रोकिएको परीक्षा गर्ने र १० गतेबाट प्रथम वर्षको परीक्षा गर्ने तालिका तय गरेको छ । ती परीक्षामा ५ लाख परीक्षार्थी सहभागि हुँदैछन् ।

आंशिक प्राध्यापकको आन्दोलन भएपनि परीक्षा प्रभावित नहुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ६२ वटा आंगिक क्याम्पसहरु मध्ये १८ ओटा क्याम्पसको फाइल अघि बढेको र अन्य क्याम्पसबाट पनि क्याम्पसबाट पनि दरबन्दिका विवरण प्राप्त हुँदै गएको विश्व विद्यालयले जनाएको छ ।

आंशिक प्राध्यापकहरु भने पर्ख र हेरको अवस्थामा रहेको बताएका छन् ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार १७:५४