बाँके । नेपालगन्ज उपमहागनरपालिकाका दुई वटा वडा एकैपटक बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १० र १२ वडालाई शनिबार एक कार्यक्रमकाबीच बाल विवाहमुक्त वडा घोषणा गरिएको हो । यसरी बाल विवाहमुक्त वडा घोषणा हुने वडा नगरमै पहिलो बनेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाको बाल अधिकार समितिले आवश्यक मापदण्ड पूरा गरेपछि यी दुई वडालाई बाल विवाहमुक्त घोषणा गर्न स्विकृति दिएको हो ।
२० प्रतिशत भन्दा कम बालविवाह भएको वडालाई बाल विवाहमुक्त वडा घोषणा गर्न सकिने निर्देशिका बमोजिम १० र १२ नम्बर वडालाई बाल विवाहमुक्त वडा घोषणा गरिएको हो ।
उपमहानगरको बाल अधिकार समिति संयोजक उपमेयर उमा थापा मगरले वडा नम्बर १० र १२ का वडा अध्यक्षलाई घोषणा–पत्र प्रदान गरेपछि वडाअध्यक्षद्वय विन्दुभुषण बस्नेत र बुद्धिसागर सुवेदीले वडालाई बाल विवाहमुक्त भएको घोषणा गरे ।
सोक्रममा वडाको सर्वेक्षण प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो । सामाजिक सरोकार सचेतन मञ्च (स्याक नेपाल)का बालविवाह रोकथाम परियोजना प्रमुख जगदिश थापाले वडा नम्बर १० र पत्रकार शंकर खनालले १२ नम्बर वडाको सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
।