सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्रीले गरे वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्नुभएको छ ।

आइतबार बिहान एक समारोहबीच प्रधानमन्त्री ओलीले शिलापत्र अनावरण गरी नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्नुभएको हो ।

वीर अस्पताल हाल कोभिड–१० युनिफाइड केन्द्रीय अस्पतालको रुपमा सञ्चालित छ । अस्पतालका प्रमुख डा. जागेश्वर गौतमले कोरोना महामारीका बाबजुद् अस्पतालको भवन तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ असार २०७८, आइतवार ०९:१२