सूचनाको शक्ति - The Power Of Information

        

विश्व बैंकले नेपाललाई थप १२ अर्ब ऋण दिने

काठमाडौं । विश्व बैंकले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रका लागि १२ अर्ब रुपैयाँ दिने भएको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको शुक्रबार बसेको बैठकले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि १० करोड डलर सहयोग गर्ने निर्णय गरेको हो ।

सरकारको स्कुल क्षेत्र विकास कार्यक्रम कार्यान्वयन र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीमा दक्षता बढाउने प्रयोजनका लागि ५/५ करोड ऋण सहयोग गर्ने विश्व बैंकले दिने निर्णय गरेको हो ।

नेपालस्थित विश्व बैंकको कार्यालयका अनुसार यो सहायताले बालबालिकालाई विद्यालय फर्काउन, गुणस्तरीय र उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्न सरकारको क्षमता बढाउन भूमिका खेल्ने छ ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार १०:३८