सूचनाको शक्ति - The Power Of Information

        

आजको मौसम : केही प्रदेशमा भीषण वर्षाको सम्भावना

काठमाडौं । मनसुनी वायुको प्रभावले अहिले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भने अति भीषण वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । राति देशभर मौसम बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना छ । महाशाखाले आगामी सातासम्म नै मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र सबै प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार ०८:१६