सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

चीनबाट आइपुग्यो ८ लाख डोज भेरोसेल खोप

काठमाडौं । चीनबाट सरकारले खरिद गरेको भेरोसेल खोपको पहिलो खेप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज नेपाल आइपुगेको छ । निगमका अनुसार चालक दलका १२ सदस्यसहित बेइजिङ गएको जहाज आज बिहान साढे ६ बजे काठमाडौं अवतरण भएको छ ।

पहिलो खेपमा वाइडबडीले ८ लाख डोज खोप ल्याएको छ । यो खोप नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको हो । खोप ल्याउने जिम्मा पाएको निगमले भाडाबापत सरकारसँग प्रतिघन्टा १४ हजार डलर हाराहारीका दरले भाडा लिनेछ । निगमको वाइडबडी विमान यसपछि असार ३१ र साउन ७ मा बाँकी खोप ल्याउन बेइजिङ जाने तालिका छ ।

चीनबाट ल्याइने भोरोसेल खोपको पहिलो मात्रा (डोज) ५५ वर्षमाथिका नागरिकलाई दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तरगतको स्वास्थ्य आपत्तकालीन कार्य सञ्चालन प्रमुख डा समीरकुमार अधिकारीले चीनबाट ल्याउन लागेको भ्याक्सिन अर्को हप्तादेखि लगाउन शुरु गरिने बताए ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार ०७:५७