सूचनाको शक्ति - The Power Of Information

        

सन्दीपले काठमाडौंबाट ईपीएल खेल्ने

काठमाडौं । राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले काठमाडौं किङ्स-११ बाट चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

काठमाडौंले बुधबार सामाजिक संजालबाट स्पिनर सन्दीपसँग सम्झौता गरिएको जनाएको छ ।

सन्दीप तेस्रो संस्करणमा ललितपुर प्याट्रीयट्समा आबद्द थिए ।

यस वर्षको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म हुनेछ ।

चौंथो संस्करणको प्रतियोगिता यस अघि चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुने तय भएको थियो ।

तर, कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता स्थगित भएको थियो ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।

साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार ०५:४४