सूचनाको शक्ति - The Power Of Information

        

पर्वतको कुश्मामा खोलाले गाडी बगाउँदा तीन जना बेपत्ता

पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ मा पर्ने सुन्दरे खोलाले बगाउँदा तीन जना बेपत्ता भएका छन् ।

गएराति भिषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्ट्रक्सनको गाडी र त्यसमा सवार ३ जना वेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा लामा कन्ट्रक्सनको साईड इन्चार्ज इन्जिनियर राजाराम आचार्य र गाडी चालक इन्द्र थारु रहेका छन् । अर्का एक जनाको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ ।

बेपत्ता भएकाहरुको राती १२ बजेदेखि नै खोजी गरिरहेपनि अवस्था पत्ता लाग्न सकेको छैन । अहिले पनि सुन्दरेखोला र मोदीखोलामा खोजी भइरहेको प्रहरी ले जनाएको छ ।

बाढीले ३ वटा घर बगाएको छ । खोला किनारमा रहेका घर बाढीले बगाए पनि घरभित्रका मानिसहरु घर छोडेर भागेपछि बाँच्न सफल भएका छन् ।

त्यस्तै सदरमुकाम कुश्माबजारका १९ घरपरिवार बाढी पहिरोका कारण विस्थापित बनेका छन् ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार १०:२२