सूचनाको शक्ति - The Power Of Information

        

एक दिन कैद सजाय तोकिएका व्यक्ति पक्राउ

बर्दिया । एकदिन कैद तोकिएका ४५ वर्षीय पुरुषलाई जिल्ला प्रहरी कार्र्यालय बर्दियाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका–७ घर भएका ४५ वर्षीय बल बहादुर थापा छन् ।

०७६ मंसिर १ मा बर्दिया जिल्ला अदालतले उनलाई एक दिन कैद सजाय हुने फैसला गरेको थियो । उनलाई इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।सवारी ज्यान मुद्दामा उनलाई अदालतले दोषी ठहर गरेको थियो ।

फरार कसूरदार पक्राउ अभियान अन्तर्गत बर्दिया प्रहरीले यस आर्थिक वर्षमा ९० जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट ५१ वर्ष ८ महिना २५ दिन कैद र २१ लाख ९९ हजार जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार १८:०७